अर्घाखाँचीको टुडिखेलमा भुकम्प सम्बन्धी डेमो प्रदर्शन

 माघ ०३, २०७

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा विपत सम्बन्धी डेमो प्रदर्शन गरिएको छ । मंगलबार सन्धिखर्कको टुडिखेल मैदानमा भुकम्प प्रकोप र आगलागी सम्बन्धी जिल्ला सुरक्षा निकायको आयोजनामा डेमो प्रदर्शन गरिएको हो ।

भुकम्प दिवसको अबसरमा भुकम्पले हुने धनजनको क्षती कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा डेमो प्रदर्शन गरिएकाे थियोे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले मानव निर्मित अव्यवस्थित भौतिक पुर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षेति हुने गरेको बताए । प्रकोपले आफै कसैको क्षेति नगर्ने बताउदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षति हुँदै आएको बताए ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले भुकम्प आइसकेपछि बिपत ब्यबस्थापन संलग्न ब्याक्तीहरुलाई आवश्यक पर्न उपचार, विधि, प्रक्रिया समयमा दिन सके मानवीय क्षति हुनबाट रोक्न सकिने बताए ।

भुकम्पीय जोखिम न्युनिकरण, प्रतिकार्य, पुर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि समेत डेमो प्रदर्शन आवश्यक रहेको मेयर श्रेष्ठले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय