जनमतको ५५ औं श्रृङ्खलामा ४६ जनाले गरे रक्तदान

 माघ ०७, २०७

नेपालगन्ज : बाँकेको नेपालगन्जमा जनमत अद्र्ध साप्ताहिक पत्रिकाले आफनो रजत महोत्सव २०६३ साल वैशाख २९ गते देखि मानवीय कार्य गर्ने सोंचका साथ त्यही समय देखि हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आई रहेको छ ।
माघ ६ गते नियमित रक्तदान कार्यक्रम जस्तै ५५ औं श्रृङ्खलाको आयोजनामा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको समन्वयमा पत्रकार, व्यवसायी, शिक्षक लगायत एक महिला सहित ४६ जनाले रक्तदान गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ कारकाँदौं चौक नजीक रहेको ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. (टिभिएस मोटर साइकल शो रुमको सहकार्यमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको समन्वयमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके की अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का निर्देशक द्वय रण बहादुर शाही, बेद प्रकाश सिंह ठकुरी (महादेव सिंह ठकुरी), जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमईलाई रगत संकलन गर्ने पाकेट प्राविधिकलाई संयुक्त रुपमा हस्तान्तरण गरी कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो ।

जनमत अद्र्ध साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेको अनुसार माघ ६ गते शुक्रवारको आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा दैनिक नेपालगन्ज पत्रिकाका प्रधान सम्पादक झलक गैरे, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, अन्नपूर्ण दैनिकका उप–सम्पादक शंकर प्रसाद खनाल, नियमित स्वयम्सेवी रक्तदाताहरुमा नीरजमान श्रेष्ठ, मन बहादुर केसी, धर्मेन्द्र सिंह, शेर बहादुर बोहरा, जानकी गाउँपालिका वार्ड नं.–५ गुरुवागाउँका पूर्व वडाध्यक्ष रमेश कुमार वर्मा, मनमोहन वर्मा, लक्षमण कुमार वैश्य, पवन कुमार वैश्य, गौतम प्रसाद पौडेल, भगवान शरण यादव, रुस्तम अली दर्जी लगायतले रक्तदान गरेका थिए ।
यसै गरी अमित अग्रवाल, सागर भट्ट, दिपक कुमार हरिजन, रेडियो कृष्णसार एफ.एम.नेपालगन्जका वरिष्ठ प्राविधिक योगराज चौधरी (योगेश), विनोद कुमार वर्मा, जवाहर लाल वर्मा, सुनिल कुमार वर्मा, राजेश हरिजन, बिजय प्रसाद राना, असफाक संघर्ष, राकेश कुमार वर्मा, लक्षमण प्रसाद हरिजन, राम प्रसाद चमार, सुनिल कुमार वर्मा, शालिकराम वर्मा, दिनेश कुमार वर्मा, विवेक वर्मा, रामकुमार बढही, दीपक गुप्ता, केशव सुनार, धु्रव सुनार, रोहित गुप्ता, रोशन शेष, बिनोद कुमार थापामगर, कुमार सुवेदी, अनिश अधिकारी, गणेश खडका, चन्द्र बहादुर थारु, चेत बहादुर रोका, बलीराम चौधरी, संजय बढही लगायतले रक्तदान गरेका थिए ।

सो अवसरमा रक्तदाताहरुलाई ज्याकेट / टी सर्ट प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, सुनिल थापा मगर, सुनिता कुमाई, बैकुण्ठ रेग्मी, वीरेन्द्र योगी प्राविधिक सहयोग गरेका थिए । जनमत अद्र्ध साप्ताहिक पत्रिकाबाट विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना हुर्दै आई रहेको छ त्रैमासिक रक्तदान कार्यक्रममा अहिले सम्म चार हजार रक्तदाताहरुले रक्तदान गरीसकेका छन् । जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी गराउनुभएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय