सुर्खेत: जीप दुर्घटना परि चार जनाको मृत्यु

 माघ ०८, २०७

सुर्खेत : सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका–११ मा बागमती प्रदेश ०१०-२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।

जिपमा पाँचजना सवार सवार रहेको प्रहरीले जनाएकाे छ । चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते एकजनाको उपचार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय