बढैयाताल गाउँपालिका-३ मा ज्येष्ठ नागरिकहरुलाई ब्याल्याङकेट बितरण

 माघ ०, २०७

नेपालगन्ज : बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । उक्त सम्मान कार्यक्रममा वडा न ३ का ७८ वर्ष  माथी उमेर समुहका  ८० जना ज्येष्ठ नागरिकहरुलाई ब्याल्याङकेट बितरण गरिएको हो । पालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत वडाको बजेटबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको थियो । 

 सोमबार आयोजित कार्यवहाक वडा अध्यक्ष विकले ज्येष्ठ नागरिकको सेवा गर्ने हामी सवैको दायित्व भएको बताइन् । उनले अभिभावकको रुपमा रहेका ज्येष्ठ नागरिकको सम्मान र सेवा गर्नु पर्छ भनिन ।
ज्येष्ठ नागरिक परिवार, समाज र राज्यका लागि सम्पत्ति हुन् त्यसैले उनीहरुको सम्मान गर्नुपर्छ कार्यवाहक अध्यक्ष विकले भनिन । यसरी ज्येष्ठ नागरिकहरु  सीप, क्षमता र अनुभवका धनी हुने  भएकाले उनीहरुको आत्मबल तथा उनीहरुमा हौसला प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक समाजका ऐना भएका उनीहरुको सम्मान गर्नु  स्थानीय सरकारको कर्तव्य हो ।

हाम्रो समाजमा छोराछोरी विदेशमा हुने बाबुआमा वृद्धाश्रममा हुने संस्कारलाई निरुत्साहित गर्नु अपरिहार्य रहेको उनले बताइन् । जनप्रतिनिधि र कर्मचारीका साथै जेष्ठ नागरिक प्रोत्साहन तथा सम्मन कार्यक्रमलाई निरंतरता दिनु पर्छ भन्ने उनको भनाइ छ । चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ब्ल्यांकेट वितरण गरिएको हो । 

सम्मान कार्यक्रममा वडा बाट ज्येष्ठ नागरिकहरुको सम्मान तथा उनीहरुको आत्मबल बढाउन र चिसो बाट बच्नका लागि ब्याल्यांकेट बितरण गरिएको थियो । उक्त सम्मान कार्यक्रममा वडा सदस्य दुसानी चौधरी , रुद्र पौडेल , कृष्ण लामिछाने , ज्येष्ठ नागरिकका संयोजक हरि बहादुर घर्ती , नागरिक समाजका गङगाधर पराजुली , निवर्तमान अध्यक्ष दुर्गा पराजुली लगायत  जनप्रतिनिधि , कर्मचारी , समाजसेवी , बुद्धिजीवी , स्थानीयवासिहरुको समेत उपस्थिति रहेको थियो । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय