रवि लामिछानेले नागरिकता लिन के हुन्छ प्रक्रिया ?

 माघ १४, २०७

काठमाडौं : रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । विदेशको नागरिकता त्यागेकै यकिन भएपछि पुरानै नागरिकताको विवरणअनुसार प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्नेछन् ।

यस कार्यविधिअनुसार लामिछानेले एक–दुई दिनमै नागरिकता बनाउन सक्नेछन् । उनले ०५० मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता बनाएका थिए । अमेरिकाको नागरिकता लिएपछि कानुनतः उनको नेपाली नागरिकता स्वतः रद्द भएको थियो ।

यसकारण रविले पुनः नागरिकता लिन नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार प्रक्रिया चाल्नुपर्छ । तर, उनी गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा समेत पुरानै नागरिकता पेस गरेर उम्मेदवार बनेका थिए । जसका कारण उनी समस्यामा परे । रविको नागरिकता र राहदानी दुरुपयोगबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सर्वाेच्चले उनको पुरानो नागरिकता बदर गरेपछि अनुसन्धानमा सहज भएको एक प्रहरी अधिकारी बताउँछन् । एउटै विषयमा सर्वाेच्चमा मुद्दासमेत परेपछि प्रहरीले अनुसन्धानमा ‘पर्खने’ रणनीति लिएको थियो । गृह मन्त्रालयमै परेको उजुरीका आधारमा प्रहरीले उनको नागरिकता विवादमा छानबिन थालेको थियो । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय