बैजनाथ गाउँपालिकाको ब्यवसायी दर्ता ऐन २०७९ गाउँसभा बाट बहुमतले पारित

 माघ १५, २०७

बैजनाथ: बैजनाथ गाउँपालिकाको हिउँदे अधिबेशन आईतबार बैजनाथ गाउँपालिकाको सभाहल रामपुरमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहिको अध्यक्षतामा हिउँदे अधिवेशनको ५ औं दिनका दिन बैजनाथ गाउँपालिकाको ब्यवसायी दर्ता ऐन २०७९ गाउँसभा बाट बहुमतले पारित भएको छ।

उक्त हिउँदे अधिवेशनमा गाउँपालिका उपाध्यक्ष एवं गाउँ सभा उपाध्यक्ष निर्मला रोकाय सचिव गंगाराम सापकोटा बैजनाथ २ का अध्यक्ष राजु रुचाल ३ का वडा अध्यक्ष निखिल बैगार ४ का अध्यक्ष प्रेम बहादुर शाहि ६ का वडा अध्यक्ष भुपाल पुन मगर ७ का वडा अध्यक्ष दिनेश कुमार थारु ८ का वडा अध्यक्ष भग्गन थारु कार्यपालिका बिभिन्न समिति शाखा प्रमुख एवं संयोजक जनप्रतिनिति कर्मचारी लगाएतको उपस्थितिमा हिउंदे अधिवेशन आगाम माघ १७ गते दिउँसो १:०० बजे बस्ने सभाध्यक्षले तोक्नुपर्छ। गरिएको उपस्थितिमा ब्यवसायी दर्ता ऐन २०७९ बहुमतका साथ पारित गरिएको थियो। 

यस अघि बैजनाथ गाउँपालिका नगर प्रहरी सम्बन्धि ऐन २०७९ बैजनाथ गाउँपालिका शिक्षा ऐन २०७९ र बैजनाथ गाउँपालिका साझेदारीमा कार्यक्रम संचालन तथा ब्यवस्थापन गर्न बनेको ऐन २०७९ सर्बसहमतिले पारित गरिएको बैजनाथ गाउँपालिका सुचना अधिकृत तप्तराज आचार्यले जानकारी दिनुभयो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय