नेपालगञ्ज महोत्सवमा आज गायक कुलेन्द्र बि.क. र गायिका पुजा पुरी आउदै

 माघ २३, २०७

नेपालगन्ज : बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज गायक कुलेन्द्र बि.क. सहितका चर्चित कलाकार आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा सोमबार ख्याती प्राप्त गायक कुलेन्द्र बि.क., गायिका पुजा पुरी, डान्सर अस्मिता पुरी, गायिका एवं उद्धोषिका शितल शर्मा आउने भएका भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

उनका अनुसार सोमबार स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषिका शितल शर्मा र प्रेरणाले संचालन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका लागि लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा आज एस एम कला केन्द्र ग्रुरुपको समेत प्रस्तुति रह्नेछ ।
दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिन सकिन्छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गते शनिवार सम्मका लागि थपिएको आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय