१४ करोड १० लाख लागतमा नमुना सडक निर्माण गरिने

 फागुन ०२, २०७

काठमाडौं : चितवनको सौराहामा नमुना सडक निर्माण सुरु गरिएको छ। सौराहा क्षेत्रलाई सुन्दर पर्यटकीय नगरी बनाउन नमुना सडक निर्माण सुरु गरिएको हो। 

सौराहाको सीमित क्षेत्रमा मात्र विकास भएकाले सँगैका अन्य स्थानमा पनि पर्यटकीय गतिविधि वृद्धि गर्न नमुना सडक अवधारणा ल्याइएको बताइएको छ। सौराहाको मुख्य राप्ती नदीको पूर्वतर्फ साइकल लेनसहितको नमुना सडक निर्माण सुरु भएको रत्ननगर नगरपालिकाले जनाएको छ।

१४ करोड १० लाख रुपियाँको लागतमा एक हजार पाँच मिटर नमुना सडक निर्माण गरिने नगरपालिकाले बताएको छ। सडक निर्माणका लागि सङ्घ सरकारको लगानी छ । सौराहाको राप्ती ड्यामदेखि हर्नहरि पुलसम्म निर्माण हुने सडक १५ मिटर चौडाइको रहनेछ । कालोपत्रेसँगै साइकल लेन, फुटपाथ र ढल निर्माण हुनेछ । 

बाढी तथा कटानबाट सौराहालाई जोगाउन यस क्षेत्रमा ‘फेब्रिक ट्र्याक’ निर्माण गरिएको छ । ट्र्याकपछि नमुना सडक निर्माण सुरु गरिएको हो । 

सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले नमुना सडक निर्माण सुरु गरेको हो । आयोजना निर्माणको जिम्मा लोहनी–लोहनी एन्ड सन्स–हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ । गत मङ्सिर २८ गते सम्झौता भएको आयोजना २०८१ जेठ २८ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय