सामान्य प्रशासनले गर्यो २१ जनाको सरुवा, राप्तीसोनारीमा देवकोटा

 फागुन ०७, २०७

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  उपसचिव र अधिकृतहरु गरी २१ जनाको सरुवा गरेको छ । 

मन्त्रालयको सरुवामा उपसचिव तेजनारायण यादवलाई थारु आयोग, विक्रमप्रसाद पाण्डेलाई  ठुलीभेरी नगरपालिका डोल्पा ,  विनोदकुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र  कृष्ण थापालाई मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ । 

त्यस्तै ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा, उपसचिव रेश्मीराज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी, खिमबहादुर भुजेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ । 

सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, डा. कृष्णबहादुर घिमिरेलाई काठमाडौंस्थित तारकेश्वर नगरपालिका, विनयकुमार सोनुलाई सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका, राजन कँडेललाई पुथा उत्तरगङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सुर्खेतस्थित सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालाई राप्तीसोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । 

त्यसैगरी शाखा अधिकृत विपिन क्षेत्रीलाई रुपन्देहीस्थित ओमसतिया गाउँपालिका, सागर गौतमलाई लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दिनेश सिंह ठाकुरलाई धनुषास्थित हंसपुर नगरपालिकोे प्रमुख प्रशासकीय अधिकृत, मनिष झालाई रौतहटस्थित माधवनारायण गाउँपालिकाकोे प्रमुख प्रशासकीय अधिकृत, शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाइएको छ । 

शाखा अधिकृत कोविद ढकाललाई ताप्लेजुङस्थित सिदिङ्वा गाउँपालिकामा  प्रमुख प्रशासकीय अधिकृत, पुण्यप्रसाद भट्टराईलाई बागमती प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।   

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय