कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार उन्मुख

 फागुन १०, २०७

 नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा गत हप्ताको बिहीबारदेखि उपचाररत डा. भण्डारीलाई सीपीएपीमार्फत नाकबाट अक्सिजन दिइएको छ । 

बुधबार राति ८ः१५ बजेको विवरणअनुसार उनी राम्रोसँग सचेत र सक्रिय रहेका छन् । आफ्नो वरपरका जो कोहीसँग धेरै कुरा गर्न चाहन्छन् । दिनभरि आफ्नो प्यारामिटरहरूको बारेमा ड्युटी नर्सहरू र डाक्टरहरूलाई सोध्ने गरेको अस्पतालबाट माधव न्यौपानेले जानकारी दिएका छन् । 

उनले मंगलबारदेखि नै मुखबाट तरल आहार खान थालेका छन् । उच्च ईन्फेक्सन नहोस् भनेर भेटघाट गर्न अस्पतालले दिएको छैन । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको ँन्यौपानेले बताएका छन् । 

नेता डा. भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय