नेपालगन्जकाे शिव मन्दिरमा घटेकाे घटनाको दोषीलाई कार्वाहीको माग गर्दै जनमत पार्टीद्वारा ज्ञापनपत्र

 फागुन २५, २०७

नेपालगन्ज : होलीको दौरान घटेको अप्रिय घटनाको निन्दा व्यक्त गर्दै प्रशासन समक्ष छानविन गरी कार्वाहीको माग गर्दै जनमत पार्टी नेपालगन्ज नगर कार्य समितिले बिहीबार जिल्ला प्रशासन कार्यलय बाँकेका प्रजियलाई ज्ञापनपत्र बुझाएका छन ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ लखेरन टोलमा रहेको शिव मन्दिरमा सोमबार घटेको अप्रिय घटना प्रति खेद प्रकट गर्दै जनमत पार्टी नेपालगन्ज नगर कार्य समितिका अध्यक्ष शुभम गुप्ताले बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई दोषी माथी आवश्यक छानवीन गरी कार्वाही गर्न ज्ञापनपत्र बुझाएका हुन ।

उक्त मन्दिरमा सोमबार बिहान तोडफोड एवं शिवलिङ गायब रहेको अवस्थामा पाइएको थियो । जसपश्चात त्यहाँका स्थानिय आक्रोशित भएपछी प्रहरी प्रशासन घटना स्थलमा पुगेर होली शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्दै होली पछी छानबिन गरी दोषी माथी कार्वाही गर्ने प्रतिबद्धता जनाएको थियो ।
यता होली पर्वको भोलि पल्ट अर्थात आज जनमत पार्टीका नगर अध्यक्ष गुप्ताले यथाशीघ्र कार्वाही गर्न प्रशासनलाई दबाब दिएका छन । उनले जिल्ला प्रमुखलाई पत्र हस्तान्तरण गर्दै भने, ‘यस अप्रिय घटनाले हिन्दु जनमानसमा निकै आक्रोश उत्पन्न हुन स्वाभाविक नै छ । तसर्थ समाजिक सद्भाव खलबलिन सक्ने प्रबल सम्भावना रहेकोले उक्त घटना यथाशीघ्र कानुनी कार्वाही गरी अपराधीलाई सार्वजनिक गर्न नेपाल जनमत पार्टी घोर निन्दा सहित अपराधीलाई सजाय दिन जोडदार माग गरिन्छ ।’

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय