अप्ठ्यारो भीरमा अडिएको आस्था सुपादेउराली मन्दिर, यस्तो छ महिमा

 चैत ०१, २०७

अर्घाखाँची: नेपालको पूर्व – पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीका बारेमा नसुन्ने मानिसहरू बिरलै मात्र होलान् ।

यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन हिमाल थापाले जानकारी दिए । यो मन्दिरमा शनिवार भक्तजनहरुको व्या:पक भि’ड लाग्दछ ।

आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । २०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्ति’पी’ठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

लाहुरे टाँ’सिएको भिर : सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । परापूर्वकालमा जागिरका लागि एक जना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए ।

उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् । जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बि’लिन भएको किम्बदन्ती रहेको छ । यो मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी छविलाल खनालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय