सडकमा कुखुरा फालेर व्यवसायीहरु आन्दोलनमा

 चैत ०२, २०७

नेपालगंज: बाँकेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् ।

उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

उनले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छन् ।

जमुनाहा, साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरु गुनासो छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय