बर्दियाको पर्यटकिय स्थल बढैयातालमा माघे सक्रान्तीको अवसरमा बिशेष माघि मिलन कार्यक्रम हुने
![](http://www.nagarikmat.com/wp-content/uploads/2024/01/maxresdefault-1024x576.jpg)
२९ पौष | बर्दियाको पर्यटकिय स्थल बढैयातालमा माघे सक्रान्तीको अवसरमा बिशेष माघि मिलन कार्यक्रम हुने भएको छ ।
थारु समुदायको महान चाड माघीको अवसरमा माघ १ गते माघी मिलन कार्यक्रम आयोजना हुन लागेको हो । बर्दिया जिल्ला कै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित बढैयातालमा बिशेष मेला लाग्दै आएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं. ५ मा बढैयाताल तथा सिमसार क्षेत्र अवस्थित रहेको छ |
![](https://www.nagarikmat.com/wp-content/uploads/2024/01/419189078_1870113806783229_8788314694065113757_n-1024x512.jpg)
माघी मिलन कार्यक्रममा स्थानिय थारु समुदायको झाकी, थारु सांस्कृतीक कार्यक्रम, थारु परिकार मेलामा रहने आयोजक समितीका संयोजक राकेश थारुले बताएका छन् ।
कार्यक्रममा स्थानिय तथा राष्टिय कलाकारको सांस्कृतीक प्रस्तुती समेत रहने छ । बढैयाताल गाँउपालिका वडा नं. ५ को आयोजना तथा बढैयाताल गाँउपालिकाले मेला संरक्षकको भुमिका निभाएको छ । मेलामा सहभागीहरु लाई निःशुल्क प्रवेश तथा डुगां शयर गर्नका लागि ५० प्रतिशत छुटको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तपाईंको प्रतिक्रिया