गठबन्धनको जित र प्रतिगमनलाई परास्त गर्न मैले उम्मेदवारी फिर्ता लिए : चौहान
अर्घाखाँची । नेकपा (एकिृकत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले प्रदेशसभा १ ‘क’ सदस्य पद बाट आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन । उम्मेद्बारी निष्क्रिय संगै उनले गठबन्धनका उम्मेद्बार सागर के.सी.लाई समर्थन गरेका हुन ।
अर्घाखाँची प्रदेश सभा १ (क) बाट उम्मेदवारी दर्ता गरेका चौहानले आइतबार साझ सन्धिखर्क स्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
नेता चौहानले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको जित र प्रतिगमनलाई परास्त गर्न आफुले उम्मेदवारी फिर्ता लिएको समेत बताए ।
तपाईंको प्रतिक्रिया