बैजनाथ गाउँपालिकाले सुरु गर्‍यो एकैसाथ ३ एम्बुलेन्स सेवा

 कार्तिक २०, २०७

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका ले आइतबार देखी तिन वटा एम्बुलेन्स एकसाथ सेवा सुरुवात गरेको छ ।
गाउँपालिका अन्तर्गत को वडा नम्बर १,३र ८नम्बर वडा मा रहेका बर्थिङ सेवा संचालित स्वास्थ्य केन्द्र मार्फत सन्चालन हुने गरि गाउँपालिका ले एम्बुलेन्स सेवा सुरु गरेको स्वास्थय शाखा प्रमुख लक्ष्मण शाही ले बताउनु भयो ।

तिन वटै वडा मा फरक फरक कार्यक्रम का बीच गाउँपालिका का अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय ले रिबन काटेर एम्बुलेन्स सेवाको सुरुवात गर्नु भएको छ ।

सेवाको सुरुवात गर्दै गाउँपालिका उपाध्यक्ष रोकाय ले गाउँपालिका का जनता को स्वास्थय सेवा लाई प्रभाबकारी बनाउदै सबै वडा मा ल्याब सेवा र एम्बुलेन्स सेवा क्रमस पुराउन आफुहरु प्रतिबद्ध रहेको र गाउँपालिका भित्र का पुर्ण आपाङता भएका तथा सुत्केरी सेवा र बिपन्न नागरिक हरु लाई निशुल्क एम्बुलेन्स सेवा उप्लब्ध गराउने समेत बताउनुभयो भने गाउँपालिका अध्यक्ष शाही ले समुन्नत र विकसित पालिका निर्माण का निम्ति गाउँपालिका ले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता योजना निर्माण गर्ने र आगामी दिन चाडै पालिका ले १,३र ८ नम्बर वडा मा रहेका स्वास्थ्य केन्द्र मार्फत आधारभुत ल्याब सेवा को सुरुवात संगै पालिका भित्र का ८वटै वडा का प्रत्येक वडा को एक बिध्यालय मा नर्सिङ स्वास्थ्य सेवा कार्यक्रम निर्वाचन लगत्तै संचालन ल्यादै गरेको समेत जानकारी दिनु भयो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय