नेपालगन्ज महोत्सव भब्य रुपमा उद्धघाटन
नेपालगन्ज: नेपालगन्ज महोत्सवको उद्धघाटन भब्य रुपमा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगन्जमा आजदेखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।
उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ आजदेखि सञ्चालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन नेपालगन्जको धम्बोझी चोक देखि महोत्सव स्थल सम्म सांकृतिक झाकी ¥यालीको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश मन्त्री नमुनाले महोत्सव उद्धघाटन कार्यक्रममा विगतको कोभिडबाट बिथोलिएको अर्थतन्त्र र त्यसबाट थलिएको उद्योग व्यापार बजारीकरण गर्नको निम्ति लक्ष्य र उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्न शुभकामना दिएकी छन ।
उनलाई कार्यक्रम महोत्सव लगाउने पक्षमा भनिन, ‘यो एकदमै सकारात्मक छ र चुनौतीहरु यो समयमा सामना गर्नपर्ला तर पनि यहाँका उद्योगी, व्यवसायी साथीहरु निम्ति धरै ठूलो अवसर हो ।’ उनले यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्ने बताएकी छन ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंहले लुम्बिनी प्रदेशकी मन्त्री नमुना केसी सहित उपस्थित सबै सरोकारवाला पक्षहरुको ध्यानार्षण गराउदै स्थानिय निकायले आफुहरुलाई अन्देखा गरे भने घाटामा हुने बताएका छन ।
उनले भने, ‘म भन्न चाहन्छु । तपाई यसो स्थानिय निकाय सञ्चालन ऐन हुर्नुस । त्यो एनमा हामी तपाईको पदयन सदस्य छौं । स्थानिय संचालन ऐनले तपाईको पालिका भित्र रहेका घरेलु तथा साना उद्योगीका हक हितका लागि काम गर्ने संस्था पालिका अध्यक्ष पदयान स्थानिय निकायको राज्श्व परामर्शमा बस्नु भएको छ । यो त्यत्तिकै बस्नु भएको छैन होला !’
उनले थप भने, ‘त्यो ऐनको भावनालाई तपाईले कदर गर्नुहुने विश्वास लिएको छु ।’
यस्तै उद्धघाटन समारोह एंव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्काले उद्यमी व्यवसायीको अवस्थालाई समग्र दर्शक समक्ष जानकारी गराउँदै आफुहरु तिर सरकारको ध्यान नरहेको जिकिर गरिन । लाखौंको लगानीमा सञ्चालन भएको महोत्सवमा स्थानिय सरकार आफुहरु बीच रहेको मह्सुस गर्न नपाएको बताईन ।
माघ २४ गते सम्म सञ्चालन रहने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार चर्चित भोजपुरी कलाकार खेसारी लाल २, डान्सर प्रिती पासवान, ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे÷पुतली, बल्छी÷राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रह्नेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रह्ने संयोजक कंडेलले जानकारी गराए ।
तपाईंको प्रतिक्रिया