कोसी पुलमा कार छोडेर डा. कोइराला बेपत्ता
विराटनगर: सुनसरीको चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता भएका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा कार्यरत जनरल सर्जन झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय डा. प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छोडेर चिकित्सक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि सोमबार बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डा. कोइराला राती २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको गोताखोरको टोली र इप्रका रामपुरबाट सईको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको डिएसपी चौधरीले बताए ।
विराटनगर -सुनसरीको चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता भएका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा कार्यरत जनरल सर्जन झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय डा. प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छोडेर चिकित्सक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि सोमबार बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डा. कोइराला राती २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको गोताखोरको टोली र इप्रका रामपुरबाट सईको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको डिएसपी चौधरीले बताए ।
तपाईंको प्रतिक्रिया