जनतालाई झुटो आश्वासन नदिऔं’ : सह-महामन्त्री राठौंर

 कार्तिक १६, २०७

बाँके। बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार किशोरसिंह राठौंरले घरदैलोका क्रममा जनतालाई झुटो आश्वासन नदिन कांग्रेसका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । बाँकेको बैजनाथमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो, गर्न नसक्ने झुटो आश्वासन दिने होईन,’ राठौंरले भने ‘कांग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिदैन ।’

गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर ३ मात्र नभएर सिंगो मुलुकको समृद्धि र विकास हुने कांग्रेस सह–महामन्त्री राठौरले बताए ।

सो क्रममा आफ्ना सुझाव दिदै उपस्थित कांग्रेसका नेता, कार्यकर्ताले आफुहरु टोल टोलमा परिचालित भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुने प्रतिवद्धता जनाए । कांग्रेस लगायत गठबन्धनका उम्मेदवारको पक्षमा अहिले मतदाताहरु सकारात्मक रहेको उनीहरुको भनाई थियो । नेपाली कांग्रेसका नेतादेखी कार्यकर्ता एक ढिक्का भएर चुनावमा होमिनुपर्ने अधिकांसको सुझाव थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय