बालेनको चेतावनी : महानगरका गाडी रोकियो भने
सिंहदरबारमा आगो लगाइदिन्छु !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका हुन् ।
मेयर शाहले भोलिबाट महानगरपालिकाका कुनै पनि गाडी सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
उनले भनेका छन् : ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
तपाईंको प्रतिक्रिया